देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुटबन्दी अन्त्य गर्न सभापति देउवा आफैं बाधक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको दसौं महाधिवेशनदेखि लगातार पूरै १५ वर्षसम्म पार्टीमा गुट बनाएर १३ औं महाधिवेशनपछि सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवा सभापति बनेपछि पनि पार्टीमा गुटबन्दी अन्त्य गर्ने बाटोमा आफैं बाधक बनेका छन् । सभापति देउवाले १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टीलाई एकताबद्ध बनाउने उद्घोष गरेका थिए ।

देउवाको यो उद्घोषसँगै आम कांग्रेस कार्यकर्तामा उत्साह छाएको थियो । तर देउवालाई पार्टीमा सबैलाई जिम्मेवारी बाँडफाँट गर्ने तथा सबै नेताहरूलाई क्षमताअनुसारको जिम्मेवारी दिएर पार्टीलाई एक बनाउनेभन्दा पनि आफैं एकतामा बाधक बनेर प्रस्तुत भएका छन् । आम नेता कार्यकर्ताको भावना भनेको पार्टीको रहेका नेता त्रयमध्ये सुशील कोइरालाको निधन पनि बाँकी दुई नेताले उचित जिम्मेवारी बाँडफाँट गरेर लिऊन् भन्ने थियो ।

तर सभापति देउवा जिम्मेवारी बाँडफाँड गर्नेभन्दा पनि आफैं सबै पद र जिम्मेवारी लिन अग्रसर हँुदै संसदीय दलको नेता भए । देउवा संसदीय दलको नेता भए पनि पनि संसदीय दलको कार्यसमिति चयनमा पनि देउवाले सबैलाई जिम्मेवारी बाँडफाँट गर्ने आशा आम कांग्रेसजनले गरेका थिए ।

त्यसैका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको कार्यसमिति गठनमा सहमति गर्न तदारूकता देखाउँदै आनन्द ढुंगाना, बद्री पाण्डे र जीवन परियार रहेको कार्यदल बनाएका थिए । यो कार्यदल बनाएपछि सभापति देउवाका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशशरण महत र बालकृष्ण खाँड रहेको कार्यदल बनाइयो । तर सहमतिको प्रयास गर्दा सभापति देउवाका तर्फबाट सहमति हुन नसक्ने भनेकाले कार्यसमितिको समेत चुनाव भएको बताइएको छ ।

सहमतिको प्रयास गर्दा सभापति पक्षका नेताहरूले मनोनयन दर्ता भए पनि फिर्ता गराउनका लागि समस्या भएकाले प्यानल नबनाउने सहमति भएको थियो । तर सो सहमतिको विपरीत संसदीय दल कार्यसमितिको निर्वाचनमा भने सभापतिको पक्षबाट प्यानलको लिस्ट बाँडिएको थियो । 

 

]]>