देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रनिङ सिल्ड हेर्न गएका युवकको हत्या

देशान्तर

जुम्ला। ८ औँ अन्तर मावि राष्ट्रपति रनिङ सिल्ड हेर्न गएका एक युवकको आइतबार ढुङ्गामा टाउको बजारेर हत्या गरिएको छ । 

हत्या गरिएका युवक चन्दननाथ नगरपालिका–१५ गैरागाउँ निवासी १९ वर्षीय रमेश खत्री रहेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।  

खत्रीलाई केटीसँग लागेको आरोपमा चार जना केटाले लखेटेर डिल्लीचौर–४ को पाल्कोट भन्ने जङ्गलमा हत्या गरेको प्रहरी नायब उपरीक्षक कोइरालाको भनाइ छ । उनका अनुसार हत्यामा संलग्न चार जनामा पहिचान भएका दुई जनालाई पक्राउ गरिएको छ । 
घटनास्थल रनिङ सिल्ड सञ्चालन भएको छुमचौर गाविसभन्दा आधा घन्टा तल जङ्गलमा भएकाले प्रहरीलाई आइतबार रातिमात्र जानकारी भएको बताइएको छ । 

हत्यामा संलग्न अन्य दुईजना फरार रहेको र उनीहरुको खोजी तथा अनुसन्धान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । केटीको विषयमा भएको विवादका कारण घटना भएको प्रहरीले जनाएको छ ।

]]>