देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तरािष्ट्रय रोर्बट प्रतियोगिता नेपाली टोलीलाई दोश्रो स्थान

देशान्तर

काठमाडौ । अमेरिकामा भएको अन्तराष्ट्रिय रोर्वट प्रतियोगितामा नेपाली इन्जिनियरहरुको टोलीले  दोश्रो स्थान हासिल गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको रोवो ग्याम्स २०१६ (ओलम्पिक अफ रोबोर्टिस) अन्तरगतको फायर फाइटिङ बिधामा दोश्रो नेपाली टोलीले दोश्रो स्थान प्राप्त गरेको हो । नेपाली टोलीको नेतृत्को सशांकश्री न्यौपाने गणेशबिक्रम आले, यज्ञप्रसाद देवकोटा, अनुज रेग्मी र सुमन थपलिया सहभागी थिए । 
 

नेपाली टोलीको नेतृत्व  गरेका सशांकश्री न्यौपाने नेपाल इन्जिनियरिङ कलेज, गणेशबिक्रम आले, र यज्ञप्रसाद देवकोटा नेपाल कलेज अफ इन्र्फमेशन टेक्नोलोजि, अनुज रेग्मी काठमाडौं विश्व बिद्यायल र सुमन थपलिया इन्फरमेटिक्स कलेजबाट इन्जिनियरिङ पुरा गरका बिद्यार्थी हुन् । 
 

सो प्रतियोगिता ५० भन्दा बढि बिधामा प्रतिस्पर्धा भएको थियो भने ५० भन्दा बढि देश प्रतियोगितामा सहभागि भएका थिए । २०१६ अप्रिल १० मा आयोजना भएको सो प्रतियोगितामा सहभागि टोलीलाई नेपाली सेनाले पाँच लाख  सहयोग गरेको थियो भने नाष्टले प्राविधीक समानमा लाग्ने खर्च बोहोर्ने बचन दिएका छन् । 
 

यही टोलीले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा प्रदीप पौडेलको पक्षमा मत माग्नका लागि प्रयोग गरिएको रोर्वट निर्माण गरेको थियो । पौडेलको चुनाव प्रचारमा प्रयोग भएको रोर्बट प्रभाकारी भएको टिप्पणी महाधिवेशनमा सहभागिहरुले गरेका थिए । रोर्बटका माध्यामबाट चुनावी प्रचार गर्ने कांग्रेस केन्द्रीय  सदस्य पौडेलले पहिलो पटक गरेका थिए ।

]]>