देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोटाङमा बस दुर्घटना, १३ को मुत्यु

देशान्तर

खोटाङ । दिक्तेलबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।  बा२ख ६३७६ नम्बरको यात्रुबाहक बस आज बिहान करिब साढे आठ बजे भएको दुर्घटनामा परी २६ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ ।   

साँघुरो बाटो रहेको बर्खेटारमा सडकबाट करिब ५०० मिटर तल बस खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।  

दिक्तेलबाट २८ जना यात्रु लिएर काठमाडौँ हिँडेको बसमा बीच बाटामा यात्रु चढेपछि करिब ४० जना यात्रु सवार रहेको जनाइएको छ । 

अहिले उद्दारको काम चलिरहेको प्रहरीले बताएको छ  । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सरोज राई लगायतको टोली पनि गएको छ । घटनाको विस्तृत विवरण आउनु बाँकी छ ।

]]>