देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बस दुर्घटनामा मृत्यु हनेको संख्या २२ पुग्यो

देशान्तर

खोटाङ। दिक्तेलबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस आज बिहान अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । 

बा२ख ६३७६ नंको यात्रुबाहक बस साँघुरो बाटो रहेको बर्खेटारमा बिहान साढे ८ बजे सडकबाट करिब ५०० मि तल नदेखिने ठाउँमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बसमा सुरुमा २८ यात्रु भएकामा बीच बाटामा थपिएकाहरु समेत गरी करिब ७० जना थिए । 

सशस्त्र प्रहरी र स्थानीयवासीले ३१ जना घाइतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पु¥याएका छन् । अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दूरीमा रहेको छ । घटनाको विस्तृत

जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको थियो । 

]]>