देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसका समस्या समाधान गर्न नेपलकै दलहरु सक्षम छन्ः पूर्व राष्ट्रपति यादव

देशान्तर

काठमाडौं ।  पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेसमा देखिएको समस्या आन्तरिक समस्या भएको र यसलाई समाधान गर्न नेपालका दल सक्षम रहेको बताएका छन् । 

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यादवले समस्या समाधानको लागि सरकार, मुख्य राजनीतिक दल तथा मधेसवादी दल कटिबद्ध हुनु पर्नेमा जोड दिए । 

बालविवाह रोक्ने पक्षमा तयार पारिएको रेडियो नाटक मैसरी शुनाखरी बारे जानकारी दिन मंगलबार काठमाडौंमा भएको कार्यक्रममा पूर्व राष्ट्रपति यादवले अहिले  नयाँ संविधानले सबै वर्ग र समुदायलाई समान अधिकार दिएको भन्दै बाँकी कुरा  छलफलबाट मिलाउन सकिने उनको भनाईरहेको छ । 

यस्तै संविधानको कार्यान्वयका लागि सबै प्रतिबद्ध हुनु पर्नेमा पनि उनले जोड दिँदै भने,‘सबै पक्ष एक भएर संविधान कार्यान्वयनमा लाग्न सके केही वर्ष भित्रमै नेपाल समृद्धी तर्फ अघि बढ्ने छ।’

 

]]>