देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुलुक नयाँ युगमा प्रवेश : सभापति देउवा

देशान्तर

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा आफ्नो र पार्टीका तर्फबाट सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिकालागि शुभकामना व्यक्त गरेका छन् ।

नयाँ बर्षको उपलक्ष्यमा आज एक शुभकामना सन्देश दिँदै सभापति देउवाले संविधानसभाबाट संविधान जारी भएसँगै मुलुकमा नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेसंगै नेपाली जनताको छ दशकको चाहना पूरा भएको उल्लेख गरे । उनले संविधानलाई कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन सबै एकजुट हुनु जरुरी रहेको पनि उल्लेख बताएका छन् ।

२०७२ सालको प्रारम्भदेखि नै नेपालीले भोगेको विनाशकारी भूकम्प र आपूर्ति असहजताका कारण कठिन बनेको नेपालीको दैनिक जीवन हालसम्म पनि सामान्य बन्न नसकेको बताउँदै उनले यो अवस्थालाई अन्त्य गर्न वर्ष २०७३ को प्रारम्भसँगै मुलुकका सम्पूर्ण राजनीतिक दलहरू तथा जिम्मेवार निकायहरू, मुलुकवासी र सम्पूर्ण लोकतन्त्रवादी शक्ति एक भएर दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सिङ्गो मुलुकलाई एकताबद्ध बनाएर अगाडि बढ्नु आजको आवश्यकता भएको उल्लेख गरे । 

]]>