देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डोटीमा जीप दुर्घटना, प्राध्यापक जयराज पन्तको सिंगो परिवारको मृत्यु

देशान्तर

डोटी । डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्फ गइरहेको ना १ ज ३२९४ नंको जिप गएराति जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटना राति ९ बजे भएको थियो । अरु सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिजोडामान्डौँ–८ घर भएका ६२ वर्षीय प्रा। डा जयराज पन्त, ५५ वर्षीया प्रा.गुडी पन्त र ५२ वर्षीया प्रा. सावित्रा पन्तको मृत्यु भएको छ । डा पन्त पद्मकन्या क्याम्पस, काठमाडौँमा प्राध्यापन गर्थे ।

यसैगरी, ६१ वर्षीय डा गणेश पन्त, ५९ वर्षीय केशवराज पन्त र ३६ वर्षीया हरिना टमटाको पनि मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएका जिपचालक डोटी जिल्लाकै वनलेक–१ का ४५ वर्षीय चेतराज बलायर र ठेगाना थाहा हुन नसकेकी अन्दाजी १७ वर्षकी जानकी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा गएराति नै मृत्यु भएको छ ।

यस्तै, घटनामा ४५ वर्षीया नवरता पन्त, ३० वर्षीय गौरव पन्त, नौ वर्षीय लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा, ३८ वर्षकै कलावती टमटा, २२ वर्षीय अनिता टमटा र धौली टमटा घाइते भएका छन् । घाइते सबैलाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पुर्याइएकामा केही घाइतेलाई थप उपचारका लागि धनगढीतर्फ ल्याइएको छ । जिप सडकबाट झन्डै ५०० मिटर तल खसेर दुर्घटना भएको डाटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बताए । 

]]>