देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साढे ५ लाख बालबालिका स्कुलबाहिरै

देशान्तर

काठमाडौं । सरकारले १२ वर्षदेखि भर्ना अभियान चलाउँदै आएपनि अझै साढे ५ लाख बालबालिका विद्यालयबाहिर छन्। यसवर्ष पनि सरकारले ‘हामी सबैको इच्छा सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर बिहीवारदेखि भर्ना अभियान सञ्चालन गर्दैछ।

विज्ञहरुका अनुसार हेरक वर्ष तामझामका साथ गरिने सरकारी भर्ना अभियानले सीमान्तकृत र अल्पसंख्यक समुदायका बालबालिकालाई विद्यालयमा तान्न सकेको छैन। शिक्षा विभागका अनुसार आधारभूत तय कक्षा १–८ सम्म अध्ययन गर्ने उमेर समूहका ५ लाख ५१ हजार ५ सय ४२ बालबालिका विद्यालयबाहिर छन्। तिनमा प्राथमिक तह अध्ययन गर्ने उमेर समूहका मात्रै १ लाख ६ हजार तीन् सय ७ बालबालिका छन्।

विभागका अनुसार सामुदायिक र निजी विद्यालयमा ५ देखि १६ वर्ष उमेरका ६५ लाख ६२ हजार विद्यार्थीहरु विद्यालय तहमा अध्ययनरत छन्। यसमध्ये ६० प्रतिशत बालबालिका दुर्गम भेगका छन्। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>