देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहमन्त्रीलाई आधा करोड सुराकी खर्च

देशान्तर

काठमाडौं । सुराकी खर्चको नाममा गृहमन्त्री र गृहसचिवले अपारदर्शी रुपमा ठूलो धनराशी खर्च गर्ने गरेको पाइएको छ। महालेखा परीक्षकको ५३ औँ प्रतिवेदनले त्यस्तो औँल्याएको हो। प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७१/७२ मा राष्ट्रिय अनुसन्धान विभागका ७५ जिल्ला तथा ५ क्षेत्रीय कार्यालयले एक वर्षमा सुराकी खर्चवापत २५ लाख रुपैयाँ बजेट पाएका थिए।

तर, तत्कालीन गृहमन्त्री बामदेव गौतम एक्लैले झन्डै दोब्बर रकम खर्च गरेका छन्। गृहमन्त्री गौतम मात्र होइयन्, तत्कालीन गृहसचिव सूर्य सिलवालले पनि धेरै खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार एक वर्षमा गृहमन्त्री एक्लैले सुराकीको नाममा ४६ लाख रुपैयाँ खर्च गरे भने गृहसचिवले २५ लाख रुपैयाँ खर्च गरे। यी दुवै रकम अपारदर्शी खर्च हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>