देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तत्काल पदाधिकारी मनोनयन नगर्ने पक्षमा देउवा

देशान्तर

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्यमा तत्काल मनोनयन नगर्ने भएका छन् । १३ औं महाधिवेशनबाट पारित विधानअनुसार कांग्रेसमा एक उपसभापति, एक महामन्त्री, एक सहायकमन्त्री, एक प्रवक्ता र १४ जना केन्द्रीय सदस्यमा मनोनयान गर्न बाँकी छन् ।

स्रोतका अनुसार देउवाले कम्तीमा एक महिना कुनै पनि पदमा मनोनयान गर्ने अवस्था नभएको आफूनिकटलाई जनाउ दिएका छन् । देउवाले सात केन्द्रीय सदस्य भने यसअघि नै मनोनयन गरिसकेका छन् । रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्यमा मनोनयन हुन चाहने आकांक्षीको तीव्र दवावका कारण देउवाले मनोनयन गर्न ढिला गरेका हुन् । कांग्रेस महाधिवेशन र संसदीय दलको नेताको चुनावका बेला पूर्वसंस्थापनबाट केही चर्चित नेताहरु देउवा समूहमा प्रवेश गरिसकेका छन् ।

उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती अहिले देउवामाथि परेको छ । कतिपयलाई आश्वासन दिएर आफूतिर तानेका कारण पनि उनी दबाबमा परेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

]]>