देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१५ वर्षभित्र ७ लाख किलोमिटर सडक

देशान्तर

काठमाडौं । सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार १५ वर्षपछि नेपालमा औसत एक बर्गकिलोमिटर क्षेत्रभित्र पाँच किलोमिटर सडक विस्तार हुनेछ।

नेपालभर सडकको कुल लम्बाई ७ लाख ३५ हजार ९ सय ५ किलोमिटर पुग्ने प्रतिवेदनमा उल्लेख छ। हाल देशभर करिब १ लाख किलोमिटर सडक विस्तार भएको छ।  सडक विस्तारको महत्वाकांक्षी लक्ष्य तयर गरेपनि लागत आवश्इकताबारे भने सरकारले सो प्रतिवेदनमा केही उल्लेख गरेको छैन। अहिले नेपालमा पहुँच र दबाबका भरमा सडक विस्तार भइरहेको छ।

राष्ट्रिय योजना आयोगले तयार गरेको सो प्रतिवेदनमा अब बन्ने सडकको उपादेयताबारे केही विषय उल्लेख गरिएका छन्। कारोबार दैनिकमा समाचार छ। 

]]>