देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जथाभावी गर्भपतनले ज्यानै धरापमा

देशान्तर

काठमाडौं । कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा जथाभावी औषधि खाएर महिला रगताम्मे वा बेहोर भएर अस्पताल पुग्ने गरेका छन्।

गर्भ रहेको पत्तो पाउनासाथ काठमाडौं कलंकीकी १९ वर्षीया एक युवतीले नजिकैको औषधि पसलमा पुगिन्। औषधि पसलले चुपचाप चर्को शुल्क असुल्दै उनको हातमा गर्भ तुहाउने औषधि थमाइदिए। औषधि आएपछि उनको तल्लो पेट दखुख्न थाल्यो। पेटदुखाइ बढ्दै जाँदा रगत पनि बग्न थाल्यो।

रिंगाटा पनि बढ्दै गयो। ठीक हुने आसमा परिवारले केही दिन उनलाई घरमै थुमथुम्याए। रक्तश्राप र कमजोरले उनी अचेत भइन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुर्याउँदा सिकिस्त उनलाई बचाउन चिकित्सकलाई हम्मेहम्मे पर्यो। पूर्ण जानकारी नलिई उनले साथीको लहैलहैमा औषधि खाएकी थिइन्। कुन औषधि कसरी खानु भयो भन्ने चिकित्सकको प्रश्नको उत्तर दिन सकिनन् उनले। अन्नपूर्ण पोस्टमा समाचार छ। 
 

]]>