देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानमा शक्तिशाली भूकम्प, ९ को मृत्यु, ७०० बढी घाइते

देशान्तर

काठमाडौं । दक्षिणी जापानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका छन् । स्थानीय समय अनुसार राति ९.२६ बजे क्यूशू द्वीपको कुमामोटो शहरको पूर्वमा भूकम्प गएको हो ।

जापानको मौसम विभागका अनुसार भूकम्प ६.५ रेक्टर स्केलको थियो । र, त्यसको ४० मिनेटपछि नै ५.७ रेक्टरको अर्को भूकम्प गएको छ । भूकम्पका कारण घरहरु भत्किएका छन् भने विद्युत र ग्यासको आपूर्ति बन्द भएको छ । प्रभावित क्षेत्रबाट ४० हजार मानिसलाई बाहिर निकालिएको छ र उद्धार कार्य अहिले पनि जारी छ ।

भग्नावशेषहरूमा अझै मानिस रहेको हुनसक्ने अधिकारीहरूको आशंका छ । त्यस क्षेत्रमा अहिले पनि सानो सानो पराकम्प गइरहेको छ, जसका कारण मानिसहरु डरले खुला क्षेत्रमा बसेका छन् ।

]]>