देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसलाई सरकार ढाल्ने फुर्सद छैन : डा शेखर कोइराला

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले काँग्रेसलाई सरकारमा जाने हतारो नभएको बताएका छन् । उनले काँग्रेसलाई संगठन सूदृढ गर्ने र भातृ संगठनहरूको अधिवेशन गर्ने हतारो भएकोले सरकार गिराउँने फूर्सद आफूहरूलाई नभएको बताए । डा कोईरालाले बर्तमान सरकार ईतिहाँसकै असफल भएकाले काँग्रेस चूप लागेर बस्दा पनी अब सरकार ढल्नबाट कसैले रोक्न नसक्ने धारणा राखे । नेपाली काँग्रेस चितवन क्षेत्र नं ४ ले चितवनको फूलबारीमा आयोजना गरेको बधाई,सम्मान एवं शूभकामना आदानप्रदानू कार्यक्रमलाई संबोधन गर्दै डा कोईराला मूलूक अब गणतन्त्र,संघियता र धर्मनिरेक्षता बाट पछाडी फर्कन नसक्ने समेत बताए । 

 अर्को प्रशंगमा धारणा राख्दै उहाँले नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले भारतिय परराष्ट्रमन्त्रीलाई ४ बूँदे ज्ञापनपत्र दिंदा मूलूकको राष्ट्रियता र सार्वभौमिकता त्यतीबेलै लत्याउँने काम भएको समेत प्रष्ट्र पारे । अब गूटबन्दी र भागबण्डाले पार्टी चल्न नसक्ने बताउँदै काँग्रेसलाई एकृकित पार्टीको रूपमा स्थापित गर्नूको बिकल्प नभएको पनि नेता कोइरालाको भनाई थियो ।

कार्यक्रममा चितवन काँग्रेसका सभापती जितनारायण श्रेष्ठ,पूर्व सभापतीहरू क्रृष्णलाल सापकोटा, टिकाराम पौडेल, रामक्रृष्ण घिमिरे, शेषनाथ अधिकारी, काँग्रेसकी नेतृ मैयाँदेवी श्रेष्ठ, सांसदहरू बिष्णूमाया परियार, अन्जनी श्रेष्ठ, उमेश श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । 

]]>