देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाविस सचिवलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता दिइने

देशान्तर

काठमाडौं । सरकारले गाविस सचिवहरुलाई मूल्यांकनमा आधारित प्रोत्साहन भत्ता दिने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो।

‘नयाँ प्रस्तावअनुसार, गाविस सचिवहरुले बढीमा तलबको आधा अर्थात ५० प्रतिशत भत्ता पाउनेछन्। केही सूचकहरु तथय गरेर त्यसको पालनाको आधारमा भत्ता दिने व्यवस्था गर्न खोजिएको  हो,’मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले भने। मन्त्रालयले आगामी मन्त्रिपरिषदबाट प्रस्ताव पारित गर्ने तयारी थालेको छ।  

भुकम्प प्रभाति १४ जिल्लाका गाविस सचिवले भने अतिरित्त काम गरेमा खाजा त्ता पाउने व्यवस्था हुन लागेको छ। मन्त्रालयले नै सडक सुविधा पुगेका २ हजार ६७१ गाविसलाई मोटरसाइकल खदरिद गर्न सक्ने सुविधा दिएको छ।  कान्तिपुर दैनिकमा समाचार छ। 

]]>