देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी !

देशान्तर

काठमाडौं । सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै मिलोमतोमा सरसामान तस्करी गर्ने कार्य भइरहेको पाइएको छ। भारतीय सीमानाकासँग जोडिएको धनुषाका ग्रामीण भेगहरुमा प्रहरी अधिकारीले सामान ल्याउने तस्करहरुसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा रकम लिएर सहयोग गर्ने गरेको खुलेको हो।

 धनुषाका दक्षिणी भेगमा रहेको डेबडिहा गाउँको जमुनीधारवारि नेपाल भारत सीमामा शनिवार सशस्त्र प्रहरीका जवानले तस्करहरुसँग मिलि रकम लिएर सामान छोेड्ने गरेको भेटिएको छ। सुनसान स्थानमा रहेको सीमानाकामा मोटरसाइकल, साइकल र पैदल सामान ओसारपसार गर्नेहरुको भीड हुने गरेको छ।

जनकपुरबाट सवैभन्दा नजिक सीमापारिको बजार हरिलाखीबाट व्यापारीहरुले खाने तेल, मसला, किसाना सामान, ग्यास तथा इलेक्ट्रोनिक सामान ल्याउने गरे पनि सुरक्षामा खटिएका प्रहरी जवान तथा अधिकारी उनीहरुलाई बिनाकुनै जाँच नेपाल भित्रने अनुमति दिइरहेका छन्।  अन्नपूर्ण पोस्टमा समाचार छ। 

]]>