देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसका बाँकी स्थानिय अधिवेशन अन्यौलमा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएको डेढ महिना वित्न लागेको छ । तर विवादका कारण महाधिवेशन अगाडि अधिवेशन सम्पन्न हुन नसकेका ९ जिल्लाका जिल्ला अधिवेशनहरु अन्यौलमा भने परेका छन् । नौ जिल्लाको अधिवेशन कहिले हुन्छ भन्ने अझै टुंगो लाग्न सकेको छैन । आन्तरिक विवादका कारण महोत्तरी, धनुषा, सिराहा, पर्सा, डोल्पा, बझाङ, कञ्चनपुर र सुन्धुपाल्चोकको अधिवेशन हुन सकेको छैन भने बराबरी मतका कारण संखुवासभामा पनि सभापतिको टुंगो लाग्न बाँकी छ । 

आन्तरिक विवादका कारण धनुषा जिल्ला क्षेत्र नम्बर–५ को क्षेत्रीय अधिवेशन नै सम्पन्न भएको छैन । महाधिवेशनको मुखमा दुई पक्षको विवादले धनुषा– ५ को क्षेत्रीय अधिवेशन अहिलेसम्म हुन नसकेको हो । त्यस्तै, अधिवेशन हुन बाँकी रहेका महोत्तरी, सिराहा, पर्सासहितका जिल्लामा आन्तरिक विवाद जारी छ भने सिन्धुपाल्चोकमा स्थान विवादका कारण अधिवेशन हुन नसकेको हो ।

केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले झन्डै एक दर्जन जिल्लाको अधिवेशन बाँकी रहेको बताउँदै छिट्टै मिति तोक्ने तयारी भइरहेको जानकारी दिए । ‘समय अभावसहित विभिन्न कारणले केही जिल्लाहरुको अधिवेशन बाँकी छन्’ घिमिरले भने, ‘पार्टी सभापतिसँग छलफल गरेर अधिवेशनको मिति तोक्ने तयारी थालेका छौं ।’ 

त्यस्तै, कांग्रेसको काठामाडौं महानगरपालिकाका साथै कतिपय नगर समिति र महासमिति सदस्यहरुको पनि टुंगो लाग्न बाँकी छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले बाँकी रहेका क्षेत्र र जिल्ला अधिवेशन गराउने तयारी गरेपनि नगर र महासमितिको टुंगो लगाउने अधिकार पार्टीलाई नै दिने आन्तरिक तयारी गरेको छ । १२ औं महाधिवेशन पछि पनि काठमाडौं महानगरको अधिवेशन सम्पन्न हुन सकेको थिएन् । काठमाडौंमा क्रियाशील सदस्यको संख्या अधिक रहेका कारण अघिल्लो महाधिवेशनपछि पनि अधिवेशन हुन सकेको थिएन् । नेपाली कांग्रेसको बिधानमा नगरपालिकाको वडाबाट प्रतिनीधि चयन भएर क्षेत्रिय अधिवेशन तथा जिल्ला अधिवेशनमा सहभागि हुन पाउने व्यवस्था छ । 

जिल्ला अधिवेशन तोकिएकै दिन गत माघ २५को मध्यरातमा तत्कालिन सभापति सुशील कोइरालाको निधन भएपछि नेपाली कांग्रेसले महाधिवेशनका सम्पुर्ण प्रक्रिया स्थागित भएको थियो । विवादीत जिल्लामा समयमा नै अधिवेशन सम्पन्न गर्नका लागि यो कारणले पनि समस्या परेको थियो । काँग्रेसको बिधानमा क्षेत्रिय अधिवेशनले महाधिवेशन प्रतिनीधि र महासमिति सदस्यको चयन गर्ने भएकाले जिल्ला अधिवेशन नहुँदा समेत समस्या नहुने व्यवस्था छ ।

 

]]>