देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति देउवा दिल्ली प्रस्थान

देशान्तर

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धर्मपत्नी एवम् सांसद डा आरजु राणा देउवाको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । सांसद आरजु राणाको ढाडमा समस्या देखिएपछि शल्यक्रिया गर्न देउवा आज नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

भारतमा रहँदा सभापति देउवाले भारतीय नेताहरुसँग उच्च राजनीतिक भेटघाट गरी मुलुकको समसामयिक राजनीतिक विषयमा छलफलसमेत गर्ने बताइएको छ ।  यद्यपि सभापति देउवाका स्वकीय सचिव भानु देउवाले त्यस्तो कुनै भेटघाट तय नभएको जानकारी दिए ।

भारतमा उपचार सकेर सभापति देउवा शनिबार स्वदेश फर्कनु हुनेछ । व्वस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको सभापति र संसदीय दलको नेतामा हालैमात्र निर्वाचित भएका सभापति देउवालाई भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएको छ । 

]]>