देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको अभाव

देशान्तर

वीरगन्ज । मध्य तराईका बारा, पर्सा र रौतहटमा भारतीय रुपैयाँको अभाव भएको छ । भारतीइ रुपैयाँ अभावले यहाँका उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्यलगायत सेवा प्रभावित भएका छन् ।  भारततर्फ पूँजी पलायन भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँको सटही सुविधालाई नियन्त्रण गर्न वाणिज्य बैंकहरुलाई निर्देशन जारी गरेपछि सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको अभाव भएको हो । सीमावर्ती क्षेत्रका बासिन्दा स्वास्थ्य उपचार, भ्रमण, तीर्थाटन, शिक्षा आर्जनलगायत कार्यका लागि दिनुहँ भारततर्फ जानुपरेकाले उनीहरुलाई भारतीय रुपैयाँको आवश्यकता पर्छ ।  तर सटही सुविधालाई कठिन बनाइएका कारण भारतीय रुपैयाँ लिन कठिनाइ भइरहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश सिकारिया बताउछन् ।

‘भारतीय रुपैयाँ अभावले आमउपभोक्ता तथा व्यापार प्रभावित भएको छ’ उनले भने । नागरिक समाजका अगुवा एवम् अधिवक्ता पन्नालाल गुप्ता भारतीय रुपैयाँ अभाव भएसँगै सीमावर्ती भारतीय बजार रक्सौलका व्यापारीले आफूखुसी नेपाली रुपैयाँको अवमूल्यन गर्न थालेको बताउछन् । रक्सौलका व्यापारीले १०० भारतीय रुपैयाँका लागि नेपाली उपभोक्ताबाट रु १६५ देखि रु १७० सम्म असुल्न थालेका छन् ।

 ‘सामान खरिद गर्दा व्यापारीले नेपाली उपभोक्ताबाट भारतीय रुपैयाँ माग गर्छन्,’ वीरगन्ज उपमहानगरपालिका– १० का राजेश साहले भने –‘नेपाली रुपैयाँ लिए पनि त्यसको विनिमय दर ती व्यापारीले आफैँ तोक्ने गर्छन ।’भारतीय रुपैयाँ अभावले उपभोक्ताले भारतीय व्यापारीले तोकेको विनियमय दरमा नै नेपाली रुपैयाँ दिने गरेका छन् । भारतीय रुपैयाँ सटही गर्ने अनुमति पाएका सटही काउन्टर सञ्चालकले सटही गर्दा उपभोक्ताबाट १०० रुपैयाँमा ५ रुपैयाँ बढी असुल्ने गरेका छन् । बजारमा भारतीय रुपैयाँको खरिददर ह्वात्तै बढेको छ । प्रतिसयकडा रु ५ देखि रु ८ बढी असुल्ने गरेका छन् । 

]]>