देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पदाधिकारीमा देउवाले को–कोलाई रोज्लान् ?

देशान्तर

काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवा निर्वाचित भएको डेढ महिना पुगेको छ। देउवाले अब विधानको व्यवस्था अनुसार पदाधिकारी चयन, कार्यसमिति सदस्य मनोनयन, विभाग गठनसहितका काम एक महिनाभित्र गर्नु पर्ने हुन्छ। 

खुमबहादुरको सन्देह
खुमबहादुर खड्कालाई उपसभापतिमा मनोनीत गर्ने देउवाको प्रतिबद्धता थियो। त्यसैले उनी उपसभापतिका स्वभाविक दाबेदार हुन्। तर देउवा अर्को महाधिवेशनमा सभापति बन्न पनि इच्छुक छन्। खुमबहादुरलाई उपसभापति बनाए शक्तिशाली हुने र उनले नै पछि सभापतिमा चुनौति दिने डर देउवालाई छ। महाधिवेशनमा हारेका अजर्नुननरसिंह केसी मात्र होइन, देउवा समूहका अरु नेता कार्यकर्ता पनि शंशाक कोइरालालाई जिताउन खड्काले क्रसभोटिङ गरेको र उनी विश्वसनीय नभएको भन्दै खड्काविरुद्ध देउवालाई उचालिरहेका छन्। हिन्दु राष्ट्रका नाममा कुनै पनि बेला खुमबहादुर र शशांक एक ठाउँमा उभिन सक्ने र देउवालाई धोका हुने उनीहरुको दाबी छ। पहिले प्रजातान्त्रिक हुँदा खुमबहादुुर एक्लै मातृपार्टीमा फर्केको उदाहरण उनीहरुले दिने गरेका छन्। खुमबहादुरविरुद्ध तेस्रो पंक्तिका नेताको आफ्नै हिसाब छ। ख्ड्का उपसभापति मनोनीत भए विमलेन्द्र निधि महामन्त्री बन्नेछन् र उनीहरुको भागमा सहमहामन्त्री पद मात्र आउनेछ। बलकृष्ण खाँण, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, रमेश लेख वा एनपी साउदलगायतले महामन्त्री र सहमहामन्त्री दुबैमा दाबी गर्न पाउनेछन्। 
 
निर्विरोध विमलेन्द निधि 
पदाधिकारीमा कोही निर्विरोध छ भने विमलेन्द्र निधिमात्रै छन्। खुमबहादुर उपसभापतिमा मनोनित भए उनी महामन्त्री हुने निश्चित छ नत्र उनी नै उपसभापति बन्नेछन्। देउवा खेममा गोपालमान श्रेष्ठबाहेक उनलाई कसैको कुनै चुनौती छैन्।  

विमलेन्द्रबाहेकमा रडाको 

देउवा खेमामा पदाधिकारी आकांक्षी धेरै छन्। आधा दर्जनभन्दा बढी नेता महामन्त्री र सहमहामन्त्री बन्न कस्सिएका छन्। पूर्णवहाखदुर खड्का, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महत महामन्त्रीका बलिया दाबेदार हुन्। रमेश लेखक, एनपी साउद, भीष्मराज आङ्दम्बे, चन्द्र भण्डारी र विश्वप्रकाश शर्माले सहमहामन्त्रीमा दाबी गर्न सक्छना्। 
 
पौडेल पक्षको पनि दाबी 

अघिल्लो पटक तत्कालीन सभापति सुशील कोइरालाले देउवा खेमाका पूर्णबहादुर खड्कालाई सहमहामन्त्रीमा मनोनीत गरेका थिए। यही नजिर देखाएर पौडेल पक्षले पनि सहमहामन्त्रीमा दाबी गर्न सक्छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>