देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिनियाँ जहाजको आम्दानीभन्दा तीनगुणा बढी सञ्चालन खर्च

देशान्तर

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ। निगमसँग रहेको ५६ सिट क्षमतायुक्त मोर्डन आर्क एम्ए–६० ले एक वर्ष र १८ सिटे वाई १२–ई जहाजले ९ महिनामा जति आम्दानीको तीन गुणा भन्दा बढी सञ्चालन खर्च गराएको तथ्य सार्वजनिक भएको हो।  

२०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै वाई १२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म ९ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो।  

यही एक वर्षमा एमए–६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ र १२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ।  नागरिक दैनिकमा समाचार छ। 

]]>