देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्प प्रभावित क्षेत्रमा घर बनेनन् तर चर्च तयार

देशान्तर

काठमाडौ । भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधरणले अझै स्थायी अवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् । त्रिपाल र जस्ताका टहरामा बस्ने क्रिस्चियन धर्मावलम्बी भूकम्पपीडित नवर्मित सुविधा सम्पन्न् भवनमा रहेको चर्चमा आफनो धार्मिक क्रियाकलाप सञ्चालन गर्दछन् ।

पुर्णरुपमा ध्वस्थ चर्चको पुननिर्माण गरिएको छ भने सामान्य क्षति पुगेका चर्च मर्मत गरेर साप्ताहिक प्रार्थना र नियमित कार्यक्रम सञ्चालन भइरहेका छन् । भूकम्पका कारण लामोसाँगुको चर्चको पक्की भवन भत्किएपछि करिब २० लाख रुपैयाँ खर्च गरेर नयाँ भवन निर्माण गरिएको छ ।

बैशाख १२ को भूकम्पले चर्च रहेको भवन भत्कँदा सिन्धुपाल्चोक लामोसाँघुमा प्रार्थना गरिरहेका १६ जनाको मृत्यु भएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

]]>