देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पचास प्रतिशत महिला हिंसाको सिकार

देशान्तर

जनकपुुरधाम। एक ठाउँमा रीति मानिएकालाई अर्का ठाउँमा कुरीति ठान्ने मानसिकताका कारण पनि महिलामाथि हिंसाजन्य अपराध भइरहेको तथ्य औँंल्याइएको छ । 

राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित प्रथा, परम्परा तथा सामाजिक कुरीतिका कारण महिलामाथि हुने हिंसा सम्बन्धमा जिल्लास्तरीय छलफल कार्यक्रमका सहभागीले समाजमा भु्रण हत्या जस्ता अपराधका घटना भइरहेको उल्लेख गरे ।  

बोक्सी, दाइजो, घुम्टो, बालविवाहको प्रथाले महिलाको जीवन असुरक्षित, असंवेदनशील र शोषणमा रहेको प्रसङ्ग उल्लेख गर्दै उनीहरुले वैदेशिक रोजगारमा गएका अधिकांशको परिवारिक सम्बन्ध कटुतापूर्ण रहेको बताए ।  

नेपाल डेमोग्राफी हेल्थ सर्वेका अनुसार नेपाली समाजमा ४८ प्रतिशत महिला आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोग्न बाध्य तथा ४० प्रतिशत महिला मानसिक हिंसामा छन् । 

अधिकारीहरुले पितृसत्तात्मक चिन्तनका कारण अहिले पनि छोरीको जन्ममा आँसु र छोराको जन्ममा उत्सव मनाउने अवस्था विद्यमान रहेकाले महिलालाई कानुन सम्बन्धी ज्ञानका लागि यस क्षेत्रमा कानुन विषयको विश्वविद्यालयको खाँचो औँंल्याएका छन् ।  

कार्यक्रममा आयोगका सचिव लेखबहादुर कार्की, महिला अभियानकर्मी पुनम चौधरी, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष परमेश्वर साह र नेपाल परिवार नियोजन सङ्घका रामबहादुर कार्कीले हिंसाका घटनालाई तत्काल सम्बोधन गर्ने व्यवस्था, हिंसापीडित महिलाको स्वास्थ्य सेवाको सुनिश्चितता तथा सुरक्षा र संरक्षणको आवश्यकतामा जोड दिएका थिए ।  

]]>