देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस सरकार बनाउने र ढाल्ने खेलमा छैन् : बरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको दिल्ली भ्रमणका बिषयलाई लिएर बिभिन्न टिका टिप्पणी भइरहेका बेलामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सरकार ढाल्ने रणनीति बनाउन दिल्ली नगएको स्पष्ट पारेका छन् ।  राजधानीमा आन आयोजित एक कार्यक्रममा बरिष्ठ नेता पौडेलले कांग्रेस सरकार बनाउने सरकार ढाल्ने कुनै खेलमा नभएको भन्दै देउवा श्रीमति आरजु राणाको उपचारका लागि दिल्ली गएको स्पष्ट पारे । उनले देउवाको दिल्ली भ्रमणलाई अनावश्यक शंका गर्न नहुने बताए । उनले भने, ‘उहाँ श्रीमतिको उपचार गर्न जानु भएको हो । श्रीमतिको उपचार गर्न पनि जान नपाउने ? अनावश्यक शंका नगर्नुस् ।’ 

पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सुनवाई समिति कायमै छ भनेर आत्मलोचनासहित माफी नमागेसम्म सरकारले नियूक्तीका लागि सिफारिस गरेका सर्वोच्च अदालतका न्यायधिस र राजदुतहरुको संसदीय सुनवाई हुन नसक्ने स्पष्ट पारे । उनले भने,‘ प्रधानमन्त्रीले नै संसदीय सुनवाई समिति छैन भनेर न्यायपरिषदको सदस्यमा सिफारिस रामप्रसाद सिटौलाको नाम फिर्ता लिनु भएको हो । अब कस्ले सुनवाई गर्ने । उहाँले त्यसलाई सच्याएर संसदीय समिति कायमै छ भनि आत्मलोचना नगरेसम्म संसदीय सुनवाई हुन सक्दैन ।’ 

पौडेलले रामप्रसाद सिटौलाको नाम ल्याएपछि मात्रै सुनवाई हुने स्पष्ट पार्दै अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जलेसम्म नियूक्तीकोलागि सिफारिस गरिएका न्यायधिस र राजदुतहरु पर्खिएर बस्नु पर्ने बताए । उनले भने, ‘हामी संविधान संसोधन गरेर सुनवाई समिति गठन गर्ने पक्षमा छैनौ । पुरानै सुनवाई समितिले सुनवाई गर्नु पर्यो नभए नयाँ बनेपछि मात्रै हुन्छ ।’

पौडेलले राजदुत नियूक्तीमा नेपाली काग्रेसले कुनै पनि नाम सिफारिस नगरेको र काग्रेससँग कसैले सल्लाह पनि नगरेको स्पष्ट पार्दै सरकारले नियूक्तीमा मनपरीतन्त्र गरेको आरोप लगाए । उनले पार्टीले सरकारसँग संसद बोलाउन आग्रह गरिसकेको जानकारी दिदै काग्रेस अब चुप लागेर नबसी शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

पौडेलले नयाँ संविधान अनुसार अबको १ वर्ष आठ महिनाभित्र करिब ३ सय वटा ऐन संसोधन गरि स्थानीय तहको पुर्नसंरचना गरेर गाँउ, जिल्ला, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर राष्ट्रिय सभा गठन गरिसक्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसो गर्न सके अहिलेसम्म प्राप्त उपलब्धि सबै धरापमा पर्ने तर्फ सचेत गराए ।

उनले भने,‘ त्यसकोलागि तराई मधेसको स्थिति सहज हुनु पर्यो र सरकराले अहिलेसम्म त्यस विषयमा बास्ता गरेको छैन । मैले सबैलाई सचेत गराईसकेको छु यस्तै अवस्था रहे अहिलेसम्म प्राप्त, गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता, समानुपातिक समावेशीता सबै खतरामा पर्छ । यसकोलागि सबै लचक भएर बार्ताको माध्यमबाट समाधान खोज्नु पर्छ ।’

पौडेलले प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउने विषयमा नेतृत्व बर्ग गंभिर नदेखिएको आरोप लगाउँदै मुलुक ख्याल ख्याल गर्दै संकटमा पर्ने स्थितिमा रहेको बताए । उनले मुलुक खतरनाक मोडमा पुगिसकेकोले अब मधेससँग बास्तबमै बार्ता गर्नु पर्ने भन्दै यसकोलागि सरकारले अग्रसरता लिनु पर्ने सुझाव दिए । पौडेलले आन्दोलनबाट मात्रै केही नहुने भन्दै यसमा सरकार, प्रमुख राजनीतिक दल र मधेसी दलहरु गंभिर हुनु पर्नेमा जोड दिए ।

 

]]>