देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको काम सन्तोषजनक छैन– सिटौला

देशान्तर

विराटनगर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको बताएका छन् ।

प्रेस युनियन विराटनगरले आज बिहान यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा सिटौलाले सरकारको आलोचना गरेका हुन् ।

उनले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको अग्रसरता एकदमै नरहेकोजस्तो देखिएको बताए । सिटौलाले देशमा अहिले रहेका मूलभूत मुद्दालाई लिएर नेपाली काँग्रेसले अग्रसरता लिने बेला आएको पनि बताए । नेपाली काँग्रेसले अन्य दलका नेतासँग छलफल गरेर अगाडि बढ्ने बेला आएको बताए ।   

उनले संंविधानको कार्यान्वयनबाट देशलाई अगाडि लैजानुपर्ने चुनौती रहेको बताए । “धेरै ऐनकानुनको निर्माण गर्नुपर्छ, प्रथम चरणको कार्यान्वयनमा नगई देश अगाडि बढ्न सक्दैन”, उनले भने ।

]]>