देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस र मधेसवादी दललाइ सरकारमा आउन एमाओवादीको आग्रह

देशान्तर

बुटवल । एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले नेपाली काँग्रेस र मधेसवादी दलहरुलाई पनि सरकारमा सहभागी हुन आह्वान गरेका छन् । उनले काँग्रेस र मधेसवादी दल सरकारमा आए नेतृत्वको विषयमा छलफल गर्न सकिनेसमेत बताए  ।

क्रान्तिकारी पत्रकार सङ्घ नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले सरकार फेर्ने विषयमा भने एमाओवादीले कुनै धारणा नबनाएको स्पष्ट पारे । उनले गत वर्ष देशमा गएको भूकम्पका पीडितलाई अझै पनि सरकारले उचित व्यवस्थापन गर्न नसकेको भन्दै यसतर्फ चासो दिनसमेत आग्रह गरे । उनले बजारलाई नियन्त्रण गर्न नसक्दा महँगीले सीमा नाघेको र बजार सरकारको नियन्त्रण बाहिर रहेको धारणा राखे । 

उनले सरकारले नयाँ नीति बनाएर बजार हस्तक्षेप गर्न नसके निजी क्षेत्रको मनोमानी बढ्ने भन्दै नेता शर्माले बजारको संरचनालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

नेता शर्माले सरकारले अहिले पनि विसं २०२८ को शिक्षा ऐनले शिक्षा क्षेत्र चलाएको भन्दै शिक्षामा परिवर्तन हुन आवश्यक रहेको उल्लेख गरे ।  

 

]]>