देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रथम राष्ट्रपति यादवले भने, ‘मेरो स्थानमा अरू भएको भए, २०१७ साल दोहोरिन सक्थ्यो

देशान्तर

काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादवले संघीय संविधान निर्माणको प्रक्रियामा आफ्नो स्थानमा अरू कोही भएको भए राजा महेन्द्रले २०१७ सालमा गरेको जस्तो कुु को घटना दोहोरिन सक्थ्यो बताएका छन् ।  उनले संविधान निर्माणको प्रक्रियामा आफूलाई धेरै कुरा चित्त नबुझदा समेत लोकतान्त्रिक पद्धती अनुसार अघि बढेको बताए ।

पत्रकार जगत नेपालद्धारा लिखित पुस्तक पहिलो संसदः बीपी–महेन्द्र टकराव लोकापर्ण गर्दै पूर्व राष्ट्रपति यादवले भने,–‘मेरो स्थानमा अरू भएको भए, २०१७ सालको घटना हुन सक्थ्यो । तर म लोकतान्त्रिक रूटबाट आएकोले मैले त्यसलाई स्वीकार गरे ।’ ‘मेरो आफ्नो राष्ट्रिय दायित्व थियो, ९० प्रतिशत सभासदले हस्ताक्षर गरेर आएको थियो । मैले आफ्नो कर्तव्य पूरा गरिदिएँ । त्यो संस्थालाई बोकेर मैले संविधान जारी गरे,’ उनले भने । यादवले पौने ३ करोड नेपाली जनताले प्रतिनिधित्व गरेको सभाबाट संविधान आएको हुनाले आफूले नरोकेको बताए ।

उनले भने,‘मैले त्यो पुस्तकलाई ढोगेर लोकतान्त्रिक बाटोलाई अघि बढाएको छु ।’ यादवले बीपीको पालामा राजाले सैनिक ऐन बनाएर दरबारको सबै काम त्यही अनुसार सञ्चालन गरेको उदाहरण दिदै भने, ‘तर यो कालखण्डमा यो संविधान सभामा सारा अधिकार जनतालाई दिइयो । दोस्रो संविधान सभामा केही न केहि हडबड भयो ।

राष्ट्राध्यक्ष, संविधान सभा अध्यक्ष, मस्यौदा समितिका संयोजक, संवाद समितिका प्रमुख र प्रधानमन्त्री जुन निकायहरु बीच संक्रमण कालमा सँगै बसेर छलफल गरिनुपथ्र्यो, राष्ट्रिय सहमति गरिनुपथ्र्यो त्यो गरिएन ।’ प्रथम राष्ट्रपति यादवले त्यस बेला राष्ट्रिय सहमित नभएर राजनीतिक सहमतिमात्र भएको बताए । कान्तिपुर दैनिकमा समाचार छ।

]]>