देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनर्निर्माणमा बल्ल २ प्रतिशत रकम खर्च

देशान्तर

काठमाडौं । भूकम्प गएको एक वर्ष बित्दासमेत पुनर्निर्माणका लागि आवश्यक रकमको २ प्रतिशत पनि खर्च हुन सकेको छैन। ९ महिनासम्म राजनीतिक किचलोले पुनर्निर्माण विधेयक जारी हुन नसकेको र प्राधिकरण गठन भइसके पनि पुनर्निर्माणले तीव्रता पाउन नसकेपछि २ प्रतिशत रकमसमेत खर्च हुन नसकेको हो।

पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गर्न तयार पारेको विपदपछिको आवश्यकता तथा पञ्चवर्षीय ढाँचाअनुसार समग्र पुनर्निर्माणका लागि ८ अर्ब रुपैयाँ आबश्यक पर्छ। जुन चालु आर्थिक वर्षमा खर्च भइरहेको र हुने रकमसहितको हो। तर हालसम्म २१ अर्ब ५३ करोड रुपैयाँमात्रै खर्च भइसकेको छ।

विनियोजित उक्त रकम जम्मा आवश्यक ८ अर्ब रुपैयाँको करिब २ दशमलब ६९ प्रतिशतमात्रै हो। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>