देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बारपाकीसँग एक बचन बोलिनन् राष्ट्रपति

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले बारपाकीलाई आइतबार सम्बोधन गरिनन्। राष्ट्रपतिले केही पनि नबोलेपछि बारपाकी आक्रोशित भएका छन्। सान्त्वनासहितको पुनर्निर्माणका केही गतिविधि र आश्वसनसहित सम्बोधन हुने अपेक्षा रहेपनि राष्ट्रपतिबाट सम्बोधन नभएपछि बारपाकी आक्रोशित भएका हुन्।

राष्ट्रपतिले सम्बोधन नगरेपछि स्थानीय महिलाहरु सिडिओ नारायणप्रसाद भट्टमाथि खनिएका थिए। आक्रोशित महिलाले राष्ट्रपतिलाई किन बोल्न नदिएको भन्दै झन्डै हातपात गरेका थिए। माथिको व्यवस्था भन्दै सिडियो पन्छिएका थिए।

 ‘भूकम्पको पीडामा बाँचेका बारपाकीलाई सान्त्वना दिने गरी राष्ट्रप्रमुखबाट केही सम्बोधन होला भन्ने अपेक्षा थियो, तर केही बोल्नु भएन, त्यसबाट बारपाकी आक्रोशित र निराश भएका छन्,’ स्थानीय सुकबहादुर विकले भने।  नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>