देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मागभन्दा ६० हजार टन ग्यास कम

देशान्तर

काठमाडौं । नाकाबन्दी खुलेको अढाई महिना बितिसक्दा पनि खाना पकाउने ग्यासको माग र आपूर्तिबीच ६० हजार टनको ग्याप छ । पाँच महिना लामो नाकाबन्दीले खाली भएका ग्यासका सिलिन्डरहरु रिफिलिंङ् गर्न सामान्य दिनको तुलनामा बढी ग्यास आवश्यक भए पनि आपूर्ति नबढ्दा ग्याप देखिएको छ ।

इन्डियन आयल कर्पोरेसन आईओसीबाट नेपालको लागि मासिक २९ हजार ४१६ टन ग्यास आपूर्ति गर्न सक्ने कोटा छ । यो कोटा सामान्य अवस्थाका लागि तय गरिएको हो ।

निगमकै  इतिहासमा मार्चमा ३० हजार टन ग्यास आपूर्ति भएको थियो । नेपाल आयल निगमले सामान्य दिनलाइृ आवश्यक पर्नेभन्दा धेरै प्रोडक्ट डिलिभरी अडरजारी गर्दै आएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

]]>