काठमाडौं । नाकाबन्दी खुलेको अढाई महिना बितिसक्दा पनि खाना पकाउने ग्यासको माग र आपूर्तिबीच ६० हजार टनको ग्याप छ । पाँच महिना लामो नाकाबन्दीले खाली भएका ग्यासका सिलिन्डरहरु रिफिलिंङ् गर्न सामान्य दिनको तुलनामा बढी ग्यास आवश्यक भए पनि आपूर्ति नबढ्दा ग्याप देखिएको छ ।
इन्डियन आयल कर्पोरेसन आईओसीबाट नेपालको लागि मासिक २९ हजार ४१६ टन ग्यास आपूर्ति गर्न सक्ने कोटा छ । यो कोटा सामान्य अवस्थाका लागि तय गरिएको हो ।
निगमकै इतिहासमा मार्चमा ३० हजार टन ग्यास आपूर्ति भएको थियो । नेपाल आयल निगमले सामान्य दिनलाइृ आवश्यक पर्नेभन्दा धेरै प्रोडक्ट डिलिभरी अडरजारी गर्दै आएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया