देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साइकलप्रेमी मन्त्रीको हेलिकोप्टर चढेको बिल १७ लाख

देशान्तर

काठमाडौं । कुनै वेला साइकल चढेर मन्त्रालय ओहोर–दोहोर गरेर चर्चामा आएका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान केही समययता हेलिकोप्टर चढेर जिल्ला भ्रमणमा निस्कन थालेका छन्। पछिल्लो एक सातामा मात्रै उनले पाँचपटक हेलिकोप्टर चार्टर्ड गरेर विभिन्न जिल्लाको भ्रमण गरेका छन्। अहिलेसम्म उनले हेलिकोप्टर चार्टर्ड गरेको भाडा मात्रै १७ लाख पुगेको छ।

भाडा मिलाउन मन्त्रालयका कर्मचारीलाई दबाब व्यक्तिगत काममा हेलिकोप्टर चढेर जिल्ला भ्रमणमा गए पनि मन्त्री पासवानले हेलिकप्टर चढेबापतको झन्डै १७ लाख रुपैयाँ मन्त्रालयकै विभिन्न शीर्षकबाट मिलाउन मन्त्रालयका अधिकारीहरूलाई दबाब दिन थालेका छन्। तर, उनीहरूले मन्त्रालयको काममा नभई व्यक्तिगत प्रायोजनका लागि हेलिकोप्टर चढेको भन्दै मन्त्रालयबाट बिल तिर्न नसकिने जनाउ मन्त्री पासवानलाई दिएका छन्। मन्त्री पासवानले व्यक्तिगत कामका लागि हेलिकोप्टर चार्टर्ड गरेर सर्लाही, सिरहा, सिन्धुली, रौतहटलगायतका जिल्ला गएको मन्त्रालयका कर्मचारीहरूले बताएका छन् ।

ती जिल्लामा जाँदा उनले नेपाली सेना र अर्को एक निजी एयरलाइन्सको हेलिकोप्टर प्रयोग गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाली सेनाले मन्त्री पासवानले चढेको हेलिकोप्टरको भुक्तानी बिल वातावरण मन्त्रालयमा पठाउन उच्च कर्मचारीहरूसँग ‘इन्क्वाइरी’ थालेको छ। तर, मन्त्रालयका अधिकारीहरूले हेलिकोप्टरको प्रयोग मन्त्रालयको कार्यक्रमका लागि नभएको र त्यति धेरै रकमको भुक्तानी गर्न नसक्ने जवाफ सेनालाई दिएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>