देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाको हेलिकप्टर पार्टीको कार्यक्रममा

देशान्तर

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले सेनाको हेलिकप्टर पार्टीको कार्यक्रममा सहभागी हुन दुरुपयोग गरेका छन् ।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री रावलले अछान, बाजुरा, डँडेल्धुरामा चार दिनसम्म आफ्नो पार्टीका कार्यक्रमसाथै विद्यालय, मन्दिर उद्घाटन तथा अभिभावक भेलाजस्ता कार्यक्रममा सहभागी हुन सेनाको हेलिकप्टर प्रयोग गरी राज्यस्रोतको दुरुपयोग गरेका छन् ।

सेनाको एन ए शून्य ५७ हेलिकप्टर लिएर वैशाख ९ गते अछाम हिडेका रावलले अछाम, डडेल्धुरा र बाजुरामा पार्टीका विभिन्न कार्यक्रम उद्घाटन गरेका थिए । प्रहरीस्रोतका अनुसार रावल ९ गते अछामको दशपल्ले मावि सोकट भवन उद्घाटन तथा सोही दिन डडेल्धुरोमा एमालेको नगर अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।

१० गते विहान आछामकै लुंग्राको सिर्जनशील विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका लागि हेलिकप्टरको प्रयोग भएको हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

]]>