देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइसिसीद्वारा क्यान सदस्यता निलम्बन

देशान्तर

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाल क्रिकेट सङ्घ क्यानको सदस्यता निलम्बन गरेको छ ।  क्यानसम्बन्धी अदालतमा चलिरहेको मुद्दा र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको तदर्थ समितिका कारण नेपालमा क्रिकेट नेतृत्वमा आएको रिक्ततालाई दृष्टिगत गर्दै सो निर्णयमा पुगिएको परिषद्ले जनाएको छ ।

परिषद्को मुख्यालय संयुक्त अरब इमिरेट्सको दुबईमा यही वैशाख १२ गते बसेको बोर्ड बैठकले सरकारी हस्तक्षेप प्रतिबन्धित गर्ने र स्वतन्त्र तथा निष्पक्ष चुनावको आवश्यकता स्थापित गर्ने आइसिसीको आबद्धताको धारा २.९ उल्लङ्घन गरिएकामा सदस्यता निलम्बन गर्ने निर्णय गरेको हो ।  

निलम्बनको अर्थ क्यानले आइसिसीबाट अब कुनै पनि प्रकारको आर्थिक सहयोग प्राप्त गर्ने छैन । तथापि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसीद्वारा आयोजित प्रतियोगितामा सहभागी हुन पाउने परिषद्द्वारा आज दुबईमा जारी विज्ञप्तिमा उल्लेख छ । 

]]>