देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शीर्ष नेता विदेशमा, सभापति दिएनन कार्यबाहक जिम्मा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसका शीर्ष नेता यतिखेर विदेशमा छन्। संविधान कार्यान्वयन तथा जनजीविकाका मुद्दाहरू सम्बोधनका लागि सशक्त प्रतिपक्षको रूपमा रचनात्मक भूमिका खेल्ने घोषणा गरेका नेताहरू विदेश भ्रमणमै अलमलिएका छन्।

सभापति शेरबहादुर देउवा नयाँ दिल्लीमा छन् भने दोस्रो बरियताका नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला अमेरिका पुगेका छन्। कांग्रेस नेता खुमबहादुर खड्का पनि यतिखेर दिल्लीमै छन्। यता सरकारले बजेट अधिवेशनका लागि २१ वैशाखमा संसद् बोलाउन राष्ट्रपतिलाई पत्राचार गरिसकेको छ।

शीर्ष नेताहरू नहुँदा पनि प्रतिपक्षको भूमिका कमजोर नहुने नेता डा. प्रकाशशरण महतले बताए। ‘दुई–चार नेता विदेश जाादैमा पार्टी काम र प्रतिपक्षको सशक्त भूमिकामा केही फरक पर्दैन, अरू नेताहरू हुनुहुन्छ,’ उनले भने। पार्टी सभापति एक हप्तादेखि देशबाहिर हुँदा पनि कांग्रेसमा कसैलाई कार्यबाहकको जिम्मेवारी दिइएको छैन।

सभापति देउवा दिल्ली जाादा चार दिनका लागि मात्रै भनेर महामन्त्रीलाई कार्यबाहक दिएनन्। उनको अर्को तर्क पनि थियो– कार्यबाहक पाउने उपसभापति नै छैनन्।

सभापति दिल्ली गएको चौथो दिन ९ वैशाखमा महामन्त्री शशांक पनि अमेरिका लागे । कोषाध्यक्ष सीतादेवी यादव पनि काठमाडौं छाडेर गृहजिल्ला सिरहा गएको हप्ता दिन भइसक्यो। नयाँ पत्रिका दैनिमा समाचार छ।

]]>