देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरुवा बन्दुक धनकुटामा एकजना पड्किँदा घाइते

देशान्तर

धनकुटा। ताङ्खुवा–८ स्थित ज्यामिरेमा मृग मार्न पासो थापेको भरुवा बन्दुक पड्किँदा एक महिला घाइते भएकी छन् । 

बारीको काम सकेर घर फर्कने क्रममा जङ्गलमा ऐंसेलु खान गएका बेला पासोमा राखिएको भरुवा बन्दुक पड्किएर लाग्दा स्थानीयवासी २८ वर्षीया बालिका भनिने बुधमाया भट्टराई घाइते भएकी हुन् । खुट्टामा छर्रा लागेर घाइते भएकीे भट्टराईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पासो थापेको आरोपमा ताङ्खुवा–८ का शेरबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विमल बस्नेतले जानकारी दिए । 

]]>