देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खडेरीको कारण हिउँदेबालीमा उत्पादनमा ह्रास

देशान्तर

डोटी। यस वर्ष हिउँदेबालीको उत्पादनमा करिब ३५ प्रतिशतले कमी आउने भएको छ । 

लामो समयदेखिको खडेरीका कारण हिउँदेबाली राम्ररी फस्टाउन नपाएकाले उत्पादनमा कमी आउने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत कृष्णदत्त पाण्डेयले जानकारी दिए ।  

यस्तै जिल्लाको दक्षिण पूर्वी क्षेत्रका सात वटा गाविसमा हिँउदेबालीमा ७५ प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान गरिएको छ । त्यस्तै चवरा चौतारा, सिमचौर, गगुडा गाविसमा ५० प्रतिशतसम्म उत्पादनमा गिरावट आउने तथा बाँकी गाविसमा १० देखि १५ प्रतिशतसम्म उत्पादन घट्ने बताइएको छ । 

गत वर्षको तथ्याङ्क अनुसार जिल्लामा हिउँदेबाली १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएकोमा २९ हजार ९८८ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा लगाइएको हिउँदेबाली १९ हजार ४२१ मेट्रिक टन मात्रै उत्पादन हुने कृषि विकास कार्यलयको अनुमान छ । 

विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ११ हजार ७४६ रहेको छ । वार्षिक रुपमा प्रतिव्यक्तिका लागि २११ किलो खाद्यान्न आवश्यकता पर्ने तथा वार्षिक रुपमा पूरै जनसङ्ख्यालाई ४४ हजार ६७८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने वरिष्ठ कृर्षि विकास अधिकृत डा तपेन्द्र शाहले जानकारी दिए । 

]]>