देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

करको दायरामा आउँदै काठमाडौंका पाँचतारे होटलहरु

देशान्तर

काठमाडौँ। पछिल्लो समय काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित हुँदै आएका ठूला होटल करको दायरामा आउने क्रम बढेको छ । 

महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको महानगरपालिकाले जनाएको छ । 
 

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार यहाँ सञ्चालन हुँदै आएका मध्ये होटल एभरेष्ट, याक एन्ड यति र हायात होटलबाहेक अन्य सबैले कर तिर्नुपर्ने शीर्षकसहितको विवरण लिएर आएका छन् । 

पछिल्लो समय विवरण लिएर आउनेमा ¥याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र याक एन्ड यति होटल रहेका छन् । 
सामान्यतः होटलले जग्गा कर, बहाल कर, सवारी कर, व्यावसायिक कर शीर्षकमा तिर्नुपर्ने हुन्छ । “कारबाहीको प्रक्रिया सुरु गरेपछि केही होटलले कर तिरे पनि कतिपयले अझै पनि आलटाल गरिरहेका छन्” काफ्लेले भने ।  

सोल्टी होटलले सबै किसिमको कर तिरिसकेको छ भने अन्नपूर्ण होटलले सवारी करबाहेक अन्य सबै शीर्षकका कर तिरेको छ । ठूला होटलले नियमित रुपमा कर बुझाउने प्रति होटल वार्षिक रु १० लाखदेखि रु १२ लाखसम्म कर तिर्नुपर्ने हुन्छ । 

समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा १६५ ९२० बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्नेलगायतका कारबाही गर्न सक्नेछ ।

]]>