देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सशस्त्र प्रहरीको लाइबेरिया मिसन बन्द

देशान्तर

काठमाडौं । सशस्त्र प्रहरी बलको लाइबेरिया शान्ति मिसन बन्द भएको छ। संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन लाइबेरिया (युनामिल)मा खटिएको फम्रड  पुलिस युनिट (एफपियू) टोली आइतबार स्वदेश फर्किएसँगै मिसन बन्द भएको हो। एसएसपी राजेन्द्र बस्नेत नेतृत्वको दुई सय २१ सदस्यीय टोली आइतबार फर्किएको हो। लाइबेरियामा लजिस्टिक हेर्ने सशस्त्र प्रहरीको सानो टिम मात्र बाँकी छ। सो टोली बन्दोबस्तीका सामान लिएर मात्र फर्किनेछ।

लाइबेरियामा शान्ति सैनिक कटौती गर्ने संयुक्त राष्ट्रसंघको योजनाअनुसार सशस्त्रको एफपियू मिसन बन्द भएको हो। त्यहाँको शान्तिसुरक्षामा सुधार भएपछि शान्ति सैनिक कटौती गरिएको छ। लाइबेरिया मिसन सशस्त्र प्रहरीको पहिलो एफपियू मिसन हो । त्यहाँ सशस्त्रले करिब १० वर्ष काम गर्‍यो ।  सशस्त्रको तीनवटा एफपियू मिसन रहेकोमा अब दुईवटा मात्र रहनेछन् । हाल सशस्त्रका दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छ। एउटा मिसन दुई वर्षअघि लाइबेरियाबाटै स्थानान्तरण गरिएको हो भने गत वर्ष राष्ट्रसंघले अर्को मिसन सशस्त्र प्रहरीलाई थपेको थियो।

लाइबेरिया मिसन कटौती भएको र त्यहाँ रहेका सामान ल्याउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले बताए। लाइबेरियामा नेपाल प्रहरीका केही अधिकारी भने पर्यवेक्षकका रूपमा कार्यरत छन्। पर्यवेक्षकका रूपमा लाइबेरियामा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू पनि फर्किएपछि नयाँ जान पाउने छैनन्। नेपाल प्रहरीका एसएसपी पुष्कर कार्की र सशस्त्र प्रहरीका एसएसपी चन्द्रप्रकाश गौतम ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी शान्ति मिसनमा पी ४ तहको जिम्मेवारी सम्हाल्दै आएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>