देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गच्छदारको पार्टीको नाम फर्ने तयारी

देशान्तर

काठमाडौं । विजयकुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको नाम परिर्वतन हुने भएको छ। वैशाख २०, २२ गते विराटनगरमा हुने प्रथम राष्ट्रिय अधिवेशनबाट पार्टीले ‘मधेसी जनअधिकारु शब्दावली निकालेर नयाँ नाम जुराउने भएको हो।  

अहिले नयाँ विधान मस्यौदा लेखनमा जुटेको पार्टीका लागि तीनवटा नाम केन्द्रीय समितिमा प्रस्ताव गरिएको महाधिबेशन प्रचार प्रसार उपसमिति संयोजक डा सुबोधराज पोखरेलले बताए। ‘नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय लोकतान्त्रिक फोरम र नेपाल लोकतान्त्रिक पार्टी गरी तीन नाम प्रस्ताव भएका छन्’ उनले भने, ‘यी तीनमध्ये कुन छान्ने कुन छान्ने निश्चित नै हो ।’

केन्द्रीय समिति सदस्यवीचमा पनि पार्टीको नाम फेरिने गर्ने विषयमा सैद्धान्तिक सहमति जुटिसकेपछि उक्त नाम प्रस्ताव गरिएको डा.पोखरेलले जानकारी दिए। अहिलेको नामले पार्टीलाई तराई मधेस,त्यसमाथि एउटै समुदायमा मात्रै केन्द्रीत गरेजस्तो देखिएको भन्दै फोरम लोकतान्त्रिकले नाम परिवर्तन गर्न खोजेको हो। नागरिक दैनिकमा समाचार छ । 

]]>