देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोलो थुनिँदा बस्ती जोखिममा

देशान्तर

काठमाडौं । मोरङको टाँडी र इलामको साकफार गाविसको सिमाना भएर बग्ने नुनसरी खोला सुख्खा पहिरोका कारण थुनिएको छ । खोला थुनिने गरी पहिरो कहिले गएको भनेर स्पष्ट हनु नसकेपनि पहिरोले मोरङका टाँडी, मधुमल्ला र उर्लाबारी गाविस जोखिममा परेको छ ।

प्रहरीका अनुसार उर्लाबारी र टाँडीका केही वडा जोखिममा रहे पनि मधुमल्लाको २ नम्बर वडाबाहेक सबै वडाका दर्जनौ बस्ती जोखिममा छन् । करिब पाँच हजारभन्दा बढी जनसंख्या बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार तत्काल यसलाई हटाउन नसके ठूलो धनजनको क्षति पुर्‍याउने खतरा बढेर गएको छ ।

स्थानीय बासिन्दालाई उद्धत गर्दै प्रहरीले दिएको जानकारी अनुसार १५ दिनदेखि खोलो थुनिएको हुन सक्छ । यस विषयमा मंगलबार मात्र प्रहरी र स्थानीय प्रशासन निकायलाई जानकारी भएको हो । आजको अन्नपूर्णमा समाचार छ ।

]]>