देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नगरकोटको फोहर व्यवस्थापन जिम्मा पर्यटन समितिलाई

देशान्तर

भक्तपुर। नगरकोटको पर्यटकीय क्षेत्रका फोहर व्यवस्थापनको जिम्मा नगरकोट नाल्दुम पर्यटन विकास समितिले पाएको छ । 

नगरकोट नगरपालिकाले फोहर बोक्ने एउटा टिपरसहित फोहर व्यवस्थापनको जिम्मा समितिलाई दिएपछि फोहर व्यवस्थापन गर्ने कार्य समितिले सुरु गरेको छ । 

नगरपालिका र समितिबीच फोहर व्यवस्थापनको सम्झौता भएपछि नगरकोटको पर्यटकीय क्षेत्रको फोहर व्यवस्थापन समितिले गर्न सुरु गरेको समितिका अध्यक्ष दीपक लामिछानेले जानकारी दिए ।  

समितिका अध्यक्ष लामिछानेले विगतमा साधन बिना नै नगरकोटको पर्यटकीय क्षेत्रको फोहर सङ्कलन गर्ने र व्यवस्थापन गर्ने गर्दा निकै समस्या झेल्नु परेको तर अब नगरपालिकाले गाडी नै दिएपछि फोहर व्यवस्थापनमा सजिलो भएको छ बताए ।  

सफा र सुरक्षित नगरकोट नारा दिएर समितिले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फोहर फाल्न विभिन्न ठाउँमा बाकस तथा डोको राखिदिएको छ । 

फोहर व्यवस्थापनका लागि चालक, सहचालक र डिजेलका लागि लाग्ने वार्षिक रु १० लाखको खर्च समितिले नै गर्ने भएको छ । समितिले सङ्कलित फोहरलाई रिसाइकल गर्ने र नकुहिने फोहरको सही व्यवस्थापन तथा कुहिने फोहरबाट कम्पोस्ट मल बनाउने अध्यक्ष लामिछानेले बताए ।  

त्यसैगरी नगरकोटको पर्यटकीय क्षेत्रलाई सुरक्षित राख्नका लागि नगरकोटको पर्यटकीय क्षेत्रको चोकचोकमा सिसी क्यामरा जडान गरिएको छ । नगरकोट नगरपालिकाको सहयोगमा छ वटा सिसी क्यामरा जडान गरिएको हो । 

नगरकोटको भ्यू टावर, भट्टे डाँडा र ग्यालक्सी चोकमा दुई˗दुईवटा सिसी क्यामरा जडान गरिएको बताउँदै अध्यक्ष लामिछानेले थप क्यामरा पनि जडान गरिने जानकारी दिए ।  जो कोहीले पनि घरमै बसेर मोबाइल एप्सबाट ती क्षेत्रको गतिविधि हेर्न सक्ने उनले बताए । 

]]>