देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डडेलधुराको सदरमुकाममा खानेपानीको हाहाकार

देशान्तर

डडेल्धुरा । वनमा लागेको आगोले डडेल्धुरा सदरमुकाममा आउने खानेपानीको मुख्य पाइपलाइन जलाउँदा खानेपानीको हाहाकार भएको छ । 

मङ्गलबार दिउँसोदेखि खानेपानी पूर्णरुपले बन्द हुँदा सदरमुकाम काकाकुल बनेको खलङ्गा खानेपानी उपभोक्ता समितिले जनाएको छ । 

महाभारतको लेकमा आगोलागीपछि खानेपानीको पाइपलाइन पूर्ण क्षति भएको उपभोक्ता समितिका अध्यक्ष रवि केसीले बताए ।  पाइपलाइनमा आगलागीले जलाएपछि सदरमुकाम आउने एकमात्र खानेपानी सेवा बन्द भएको छ । 

गर्मी मौसमको सुरुवातसँगै खानेपानीको अभाव भइरहेको बेला पाइपलाइनमा क्षति हुँदा झन जटिल समस्या उत्पन्न भएको छ । 

खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मङ्गलबार बेलुकादेखि खानेपानी वितरण गर्न सकेको छैन । बन्द रहेको खानेपानी योजनालाई सुचारु गर्न आजै प्राविधिक टोली महाभारत लेकमा रहेको ट्याङ्कीको मुहानतिर जाने जनाइएको छ । 

]]>