देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तुँवालोको कारण डोल्पामा दुई दिनदेखि हवाई सेवा प्रभावित

देशान्तर

डोल्पा। डोल्पामा यातायातको मुख्य साधनका रुपमा रहेको जुफाल विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । 

वैशाख पहिलो हप्तादेखि देखिएको धुवाँजस्तो देखिने तुँवालोको कारणले दुई दिनदेखि हवाई सेवा प्रभावित भएको हो । 

नेपालगन्ज डोल्पाको बीच हवाई मार्गमा धुवाँजस्तो देखिने तुँवालोले मार्ग बन्द भएपछि हवाई सेवा प्रभावित भएको तारा एअरका कर्मचारी लङ्क भण्डारीले जानकारी दिए ।  

तुँवालोको कारणले दई दिनमा पाँचदेखि सात वटासम्म उडान रद्द भएको भण्डारीले बताए ।  

तुँवालोले आज दिउँसोसम्म पनि विमानस्थल छोपेकाले बिहीबार पनि उडार रद्द हुने सम्भावना कम रहेको उनले बताए ।  उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ । 

]]>