देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्तरिक राजस्वद्वारा अवैध मदिरा नष्ट

देशान्तर

तुलसीपुर । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले आज तुलसीपुर क्षेत्रबाट एक हजार बढी अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । 

कर अधिकृत वासुदेव नेपालको नेतृत्वमा गएको टोलीले सो क्षेत्रका विभिन्न सात स्थान छड्के गर्दा एक हजार १०० लिटर अवैध मदिरा बरामद गरेको हो । 

तुलसीपुर क्षेत्रमा अवैध मदिरा उत्पादन र बिक्री वितरण भइरहेको भन्ने नागरिकको गुनासो आएपछि कार्यालयले आज ती स्थानमा छड्के अनुगमन गरेको हो । 

अनुगमनका क्रममा टोलीले मदिरा उत्पादनमा प्रयोग गरिने भाँडा पनि जफत गरेको छ । बरामद गरेको सो परिणामको मदिरा आज नै तुलसीपुर–८ स्थित पातुखोलामा नष्ट गरेको छ । 

सो टोलीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि सहभागिता रहेको कार्यालयले जनाएको छ ।

]]>