देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्राफिक नियम मिचे १५ सय जरिवाना

देशान्तर

काठमाडौं । नेपाल प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको अनुपात ७५० प्रतिशतले बढाएको छ। यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ मा भएको प्रावधान परिमार्जन गर्दै सरकारले नियम मिच्ने चालकसँग असुल गर्ने जरिवानाको मात्रामा भारी वृद्धि गरेको हो। सवारी अनुशासन पालना नगर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले लेन अनुशासन उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने, हिट एन्ड रनमा संलग्न, क्षमताभन्दा बढी यात्रु तथा मालसामान राख्नेलगायतसँग न्यूनतम ५०० देखि १५ सय रुपैयाँसम्म असुल गर्ने अधिकार ट्राफिक प्रहरीलाई प्रदान गरेको छ।

सवारी अनुशासन उल्लंघन अभियोगमा उपत्यकाभित्र मात्रै दैनिक दुई सयदेखि २५० चालक काबाहीमा पर्दै आएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पहिलोपटक कारबाहीमा परे ५००, दोस्रोपटक १ हजार र तेस्रोपटक पनि ट्राफिकको फन्दामा परे १५ सय रुपैयाँ जरिवाना र अनिवार्य रूपमा ट्राफिक अनुशिक्षण तालिम लिनुपर्नेछ।

ट्राफिक प्रहरीले यसअघि २५ रुपैयाँदेखि २०० रुपैयाँसम्म असुल गर्दै आएको थियो। यसअघि मादक पदार्थ सेवन गरेर सवारी चलाए तथा जथाभावी पार्किङ गरे क्रमशः ट्राफिक प्रहरी र नगरपालिकारमहानगरपालिकाले चालकबाट १ हजार जरिवाना असुल्दै आएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी प्रकाश अर्यालले नयाँ नियम आइतबारदेखि लागू गरिने जानकारी दिए।

सवारी अनुशासन पालनालार्इ कडाइका साथ लागू गर्न यसअघि काय रहेको जरिवानाको मात्रा हेरफेर भएको अर्यालले बताए। जरिवाना कम हुँदा चालकमा नियम पालना गर्ने परिपाटी बस्न नसकेको अर्यालको भनार्इ छ। कारोबार दैनिकमा समाचार छ। 

]]>