देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरियाले नेपाली कामदार कोटा घटायो

देशान्तर

काठमाडौं । कोरियाले नेपाली कामदारको कोटा घटाएको छ। अर्थतन्त्रमा आएको मन्दी र गत वर्ष प्रक्रिया पूरा गरेर जान नपाएकाको रोस्टरमा लामो सूची रहेका कारण दक्षिण कोरियाले आगामी वर्षका लागि नेपालमा कामदारको कोटा कटौती गरेको हो। सन् २०१७ मा कोरियाले अधिकतम ३१ सय नेपाली परीक्षार्थीलाई मात्रा भाषा परीक्षामा उत्तीर्ण गराउने जानकारी दिएको छ।

 गत वर्ष ८ हजार ५ सय जना परीक्षार्थी भाषा परीक्षामा उत्तीर्ण भएका थिए। तीमध्ये अहिलेसम्म २५ सय मात्रै काम गर्न कोरिया जान पाएका छन्। गत वर्ष भाषा परीक्षा पास गरेकालाई कोरियाली रोजगारदाताले लैजाने क्रम चलिरहेको छ।  परीक्षा पास गरेकाको नाम रोस्टरमा समावेश गरिएको हुन्छ। सोही आधारमा रोजगारदाताले मन परेका व्यक्ति छानेर काम गर्न बोलाउने गर्छन्।

 पछिल्लो समय कोरियाको अर्थतन्त्रमा सामान्य मन्दी आएको छ। आन्तरिक बजारमा पनि रोजगारीको माग बढेको अनुमान छ। यसले पनि विदेशी कामदारको कोटा केही घटाउको हुन सक्ने इपीएस कोरिया शाखाको बुझाइ छ। गत वर्ष भूकम्पका कारण कोरियाले नेपालको कोटा बढाएको थियो। अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>