देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुरु भएको ११ वर्षमा पुल निर्माण

देशान्तर

काठमाडौं। निर्माण थालनी भएको ११ वर्षपछि छिन्छु जाजरकोट छिन्चु–जाजरकोट सडकअन्तर्गत सल्यानको देवस्थल र सुर्खेतको राकम जोड्ने भेरी नदीमा पुल निर्माण कार्य पूरा भएको छ । 

विसं २०६२ बाट निर्माण थालिएको यो निर्माणसँगै अब छिन्चु–जाजरकोट सडकको यातायात सेवा सहज हुने भएको छ । यो पुल निर्माणले जाजरकोट, रुकुम, सल्यान, डोल्पा, जुम्ला र सुर्खेतलगायतका जिल्लाका बासिन्दा खुसी भएका छन् । 

पुल निर्माणसँगै निर्माण सामग्री, खाद्यान्नलगायतका अन्य मालसामान ढुवानी र सिधा यातायात सञ्चालनमा सहज भएको छ । पुल निर्माणको काम सकिए पनि यातायात सञ्चालन भने वैशाख तेस्रो साताबाट गर्ने तयारी भइरहेको छ । 

<p style=”text-align: justify;”>यो अवधिमा पहुँच मार्ग निर्माणको काम सम्पन्न गरिनेछ । सबै काम पूर्णरूपमा सकेर वैशाख तेस्रो सातादेखि पुलबाट यातायात सञ्चालन हुने सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

]]>