देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जुम्ला सदरमुकाममा खानेपानीको हाहाकार

देशान्तर

जुम्ला। खडेरीले मुहान सुक्न थालेपछि चन्दननाथ नगरपालिकामा खानेपानीको हाहाकार भएको छ । 

नगरपालिकाभित्रका खलङ्गा सदरमुकाम, खोलीकोट, सिंगाचौर, छिना, महत, मिचा, तलिचौर, भण्डारीबाडा, तलीगाउँलगायतका बस्तीमा खानेपानीको हाहाकार भएको हो । 

धारामा पानी आउन छाडेपछि नगरवासी तिला तथा जवानदीको प्रदूषित पानी खान बाध्य भएका छन् । पटमारा गाविसको रिनी र बडीखोली मुहानमा खडेरीका कारण ५० प्रतिशत पानी घटेपछि यो अवस्था आइलागेको खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति जुम्लाका अध्यक्ष पन्नाबहादुर रोकायाले जानकारी दिए ।  उनका अनुसार पानी दिनमा दुई घन्टामात्र आपूर्ति गर्न सकिएको छ । 

पानी आउन छाडेपछि त्यसको बढी प्रभाव होटल व्यवसायीलाई परेको छ । दिनमा दुई घन्टा पनि राम्रोसँग पानी आउँदैन, दौतरी होटल एन्ड रेष्टुरेन्ट जुम्लाका प्रोप्राइटर पदमबहादुर महतले दुःखेसो पोख्दै भने, “एक घन्टा लगाएर तिला नदीको दूषित पानी ल्याउनुको विकल्प छैन । 

ग्रामीण भेकका जनतालाई पानीको केही सहज भए पनि सदरमुकाम जुम्लावासीलाई सास्ती बढ्दै भएको छ । यतिबेला नगरपालिकाका एक हजार २०० घरधुरी खानेपानीबाट निकै प्रभावित भएका छन् ।

]]>